५ पुस २०८२, शनिबार | December 20, 2025

गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन प्रचण्डको आग्रह



पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरेकाछन् ।

सत्ता गठबन्धनले पोखरामा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन दलका नेता कार्यकर्ताहरुले आफ्नो पार्टीको उम्मेदवारलाई मात्र भोट नहाली गठबन्धनकाका सबै उम्मेदवारलाई हाल्नुपर्ने बताए । उनले आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान लिन नहुने जिकिर गरे ।

‘हामी सबै आज यहाँ आएको एक छौं भन्ने सन्देश दिन आएका हौं’, प्रचण्डले भने, ‘तपाईंहरू अघि बढ्नुस्, प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारलाई जिताउन लाग्नुस् ।’ प्रचण्डले शीर्ष नेताहरु गठबन्धन एक भएको सन्देश दिन देशव्यापी दौडाहामा निस्किएको जिकिर समेत गरे ।

संविधान लोकतन्त्र र परिवर्तन रक्षाका लागि बनेको गठबन्धन बचाउन आवश्यक रहेको बताउँदै प्रचण्डले जिम्मेवारीबोध गरेर हँसिया हतौथा, रुख, कलममध्ये जसको उम्मेदवार भएपनि मत हाल्न अपील गरे ।

अध्यक्ष प्रचण्डले ठूलो संघर्षपछि ल्याएको परिवर्तन उल्ट्याउन र राष्ट्रिय एकता खण्डित गर्न एमालेले पश्चगामीहरुसँग गठबन्धन बनाएको आरोप समेत लगाए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : ५९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता