८ पुस २०८२, मंगलबार | December 23, 2025

निर्वाचन आयोगले सोध्यो एमालेका ऐनबहादुर महरलाई २४ घण्टे स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले बझाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐनबहादुर महरलाई चौबिस घण्टे स्पष्टीकरण सोधेको छ ।

महरले जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिता विपरीत प्रथम पुरस्कार ४१ हजार रुपैयाँ प्रदान गरेको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले महरलाई पठाएको पत्रमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ कुरा स्मरण गराएको छ ।

निर्वाचन आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब सामाजिक संसथा, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन वा बुथ खर्च दिन वा घोषणा गर्न नहुने’ व्यवस्था छ ।

‘उल्लेखित कानूनी व्यवस्था अनुसार तपाईंबाट भएको भनिएको पुरस्कार स्वरुप नगद वितरण गर्ने कार्य निर्वाचन आचारसंहिता प्रतिकूल देखिन्छ,’ आयोगको स्पष्टीकरण पत्रमा उल्लेख छ ।

आयोगको पत्रमा भनिएको छ, ‘तपाईंबाट पुरस्कार स्वरुप नगद वितरण भएको बारे के कसो भएको हो रु यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’

आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घन्टाभित्र निर्वाचन आयोग वा उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न महरलाई भनेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ३ : ३० बजे

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई