४ पुस २०८२, शुक्रबार | December 20, 2025

आचारसंहिता मिच्दै सिद्धार्थनगरका मेयर, उम्मेदवारसँगै दिनदिनै घरदैलोमा



भैरहवा । सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा निस्केका छन् ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को ५ ९क० को खण्ड ४ मा स्थानीय कार्यपलिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन नपाइने व्यवस्था छ ।

तर, मेयर खान रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेदवार रहनुभएका गृहमन्त्री बालकृष्ण खाँण र लोसपाका सन्तोष पाण्डेसँगै घरदैलोमा हिँडेका छन् ।

सिद्धार्थनगरकै वडा नम्बर १२, ५, ६ मा मेयरसहित वडा नम्बर ५ र ६ का वडाध्यक्ष पनि दुबै जना उम्मेदवारको पक्षमा भोट माग्दै दिनहुँ घरदैलोमा सहभागी भएका हुन् ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय कार्यपलिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण भन्दै आचारसंहिताको परिच्छेद ३ मा पहिलो नम्बर मै कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने उल्लेख छ ।

निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णुप्रसाद ज्ञवालीले आचारसंहिता उल्लघन गर्नेलाई स्पष्टीकरण सोधिने बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १२ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको