१ पुस २०८२, मंगलबार | December 16, 2025

इटहरीमा मोटसाइकल आपसमा ठोकिदा ३ जनाको मृत्यु



सुनसरी । सुनसरीको इटाहरीमा ठूलो मोटरसाइकल दुर्घटना भएको छ । इटहरी उपमहानगरपालिका-१० मा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी मोरङ बूढीगंगा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान-१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राईको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ७ : ३६ बजे

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

एमाले ११ औँ महाधिवेशनमा आज मतदान, ओली र पोखरेलबीच अध्यक्ष पदको प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौं । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर