१८ माघ २०८२, आइतबार | February 1, 2026

उद्योगलाई लगाइएको डिमाण्ड चार्ज छुट हुन्छ : पूर्वमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले यस क्षेत्रका उद्योगहरुमा लगाइएको डिमान्ड चार्ज छुट गर्ने बताएका छन् ।

मंगलबार तिलोत्तमा ३ को घरदैलो अभियान कार्यक्रममा बोल्दै नेता गिरीले एमाले नेतृत्वको सरकार निर्माणपछि उद्योगहरुलाई डिमान्ड चार्जमा छुट दिने र माग अनुसारको प्रयाप्त विजुली उपलब्ध गराइने बताए ।

यस क्षेत्रका उद्योगीहरुले बारम्बार डिमान्ड चार्ज छुट दिन माग गरेपनि सरकार गम्भिर नबनेको भन्दै एमाले सरकारमा पुगेपछि उद्योगीका सवै समस्या समाधान गर्ने बताए ।

सरकारले लकडाउन अवधिको डिमाण्ड चार्ज शतप्रतिशत र महशुलमा छुट नदिएको भन्दै रुपन्देही उद्योग संघ, उद्योग बाणिज्य संघलगाएतका संघसंस्थाले विद्युत प्राधिकरणलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । ‘यो सरकार बनेको जनताको काम गर्न होइन, भागबण्डामा कसलाई कहाँ राख्ने भन्नेमा मात्र ध्यान हुँदा उद्योगीका समस्या ज्यूका त्यहि छ । त्यो समस्यालाई हामीले समाधान गर्नेछौं ।’ उनले भने । साथै उनले अहिले कतिपय ठाउँमा विद्युत अपुग हुँदा उद्योग सञ्चालनमा कठिनाई भएकाले प्रयाप्त विद्युत उपलब्ध उद्योगीलाई गराउने बताए । ट्रिपिङ समस्या, कच्चा पद्धार्थ आयातमा छुट र निर्यातलाई प्रोत्साहन गर्ने एमालेको नितीनै भएको उनले बताए ।

साथै उनले बुटवलको औद्योगिक क्षेत्रलाई आधुनिक पूर्वाधारयुक्त बनाउने, उद्योगीहरुको समन्व्यमा बर्दघाटदेखि शिवराजसम्म र त्रिवेणीदेखि कृष्णनगर सम्मका उपयुक्त स्थानमा ठूला उद्योग सञ्चालनका लागि जग्गाको पहिचान गरी पूर्वाधार बनाउनेतर्फ जोड दिइने बताए ।

घरदैलोमा हिंडेका गिरीलाई मतदाताले सडक निर्माणका साथै अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न आग्रह गरेका थिए । साथै उनीहरुले तिनाउ दानव कोरिडोरमा पर्ने घरधनीहरुलाई व्यवस्थापन गर्न आग्रह गरेका थिए । मतदाताको गुनासो सुनेपछि नेता गिरीले तिनाउ दानव करिडोरको काम त्यहाँका जनतालाई अनेत्र व्यवस्थापन गरेर मात्र योजना अगाडि बढ्ने बताए । ‘एमाले पहिलेले पहिलेदेखि नै करिडोरका जनतालाई उपमहानगरपालिकाभित्रै व्यवस्थापन गर्ने गरी नै यो परियोजना ल्याएको हो । यो परियोजनाबाट कोही पनि घरबारविहीन हुनुपर्दैन । हामीले सवैलाई उचित स्थानमा राखेर योजनाको काम अघि बढाउँछौ ।’ उनले भने ।
साथै उनले अव्यवस्थित बसोबासीहरुको सन्दर्भमा निर्वाचनमा विजयी भएपछिको पहिलो कार्य अन्तर्गत अव्यवस्थित बसोबासी, भूमिहीनहरुका लागि व्यवस्थापन गर्ने रहेको उनले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ४ : २८ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि