१८ माघ २०८२, आइतबार | February 1, 2026

आफ्नो प्रचार छाडेर प्रभु साह कांग्रेसका बागी इच्छा वाग्लेको चुनावी कार्यक्रममा 



बारा । रौतहट–३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह आफ्नो चुनावी प्रचार प्रसारलाई छाडेर बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको चुनावी कार्यक्रममा सहभागी भएका छन् ।

माओवादी त्यागेर एमालेमा प्रवेश गरेका साहले २३ असोजमा मनोनयन दर्ता गर्ने क्रममा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेको कारबाहीमा परेपछि पार्टी परित्याग गरेका साह मंगलबार फेटामा सम्पन्न वाग्ले चुनावी सभामा सहभागी भएका हुन् ।

साह वाग्लेको चुनावी प्रचारलाई सहयोग गर्न बारा आएका हुन् । उनले वाग्लेलाई जिताउन आग्रह पनि गरे । आफ्नो चुनावी प्रचार छाडेर साह बारामा आउनुलाई अर्थपूर्ण रुपमा स्थानीयले हेरेका छन् । बाराको विकासमा आफू सहभागी हुने भन्दै मतदातालाई विश्वास दिलाउन खोजेका साहले आफू रौतहटको भए पनि वाग्लेको जितपछि बारा९४ को विकासका लागि सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

सभामा स्वतन्त्र उम्मेदवार वाग्लेले आफ्नो स्वतन्त्र उम्मेदवारी लोकतन्त्र रक्षाका लागि भएको बताए । गठबन्धनको नाममा बढ्दो राजनीतिक विकृतिलाई अन्त्य गर्नका लागि मुलुकमा स्वतन्त्र अभियान सुरु भएको वाग्लेले बताए ।

जनताको मन जितेर एक्लै चुनाव लड्न नसक्ने स्थिति भएपछि विचार नै नमिलेका दलहरु चुनावको समयमा गठबन्धन गर्नु भनेको सत्तामा पुग्ने फोहोर खेलबाहेक अरु केही नभएको वाग्लेको भनाइ थियो । वाग्लेले त्यस्ता अराजनीतिक गतिविधिलाई अन्त्य र नीतिगत परिवर्तनका लागि सुरु भएको स्वतन्त्र अभियानलाई साथ र सहयोग दिएर हौसला बढाउन वाग्लेले आग्रह गरे ।

आर्थिक विकास, समुन्नती र भष्ट्राचारको अन्त्य गरेर देशको विकास गर्नका लागि आफू अघि बढेको भन्दै वाग्लेले निजी क्षेत्रको लगानी बढाएर देशमा समृद्धि ल्याउन सकिने बताए । वाग्लेले निजि क्षेत्रको लगानी विना मुलुकमा समृद्धिको कल्पना पनि गर्न नसकिने भएकाले आफ्नो जितपछि निजि क्षेत्रको लगानी बढाएर बारा–४ सँगै देशको विकासका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए ।

सभामा पूर्वमन्त्री बद्री न्यौपाने, बारा ४९ख० का स्वतन्त्र उम्मेदवार उमेश कुशवाहा, ३९क० का स्वतन्त्र उम्मेदवार नारायण क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १ : ५० बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक