२ पुस २०८२, बुधबार | December 17, 2025

बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र प्रमुख सचिव मुकुन्दप्रसाद निरौलालाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता लागू भइसकेपछि प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेपछि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । ‘निर्वाचन आचारसंहिता अनुसार  वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न पाइँदैन ।

तर, बागमतीले ३० असोजमा ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेको थियो । यो निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख)को प्रतिकूल रहेको देखिन्छ । आयोगले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई उक्त अध्यादेश राजपत्रमा प्रकाशित नगर्न समेत निर्देशन दिएको छ ।

स्पष्टीकरणमा भनिएको छ- आचारसंहिता लागू भई सकेको अवस्थामा अध्यादेश जारी गर्ने कार्यबाट आचारसंहिता उल्लंघन भएकाले किन कारवाही हुनु नपर्ने हो ?

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ६ : ५५ बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा