२ पुस २०८२, बुधबार | December 17, 2025

मोरङ ३ ‘क’ मा आज उम्मेदवारको मनोनयन दर्ता हुने



विराटनगर । मोरङ ३ प्रदेशसभा ‘क’ मा आज बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा आज बिहीबार फेरि उम्मेदवारको मनोनयन दर्ता गरिन लागिएको हो । मनोनयन दर्ता कांग्रेसबाट मात्र हुनेछ । यसअघि मनोनयन दर्ता भएर चुनावी प्रचारमा रहेका उम्मेदवारहरुको उम्मेदवारी कायमै रहनेछ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची पनि आज अपरान्ह ४ बजेभित्र प्रकाशित हुनेछ । उम्मेदवारको विरोधमा अपरान्ह ४ बजेपछि ५ बजेसम्म सूचना दिन सकिनेछ ।

उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार अपरान्ह ३ बजेसम्म हुनेछ। उम्मेदवारलाई कात्तिक २५ गते अपरान्ह चिन्ह दिइने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : १४ बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा