४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देही-३ का उम्मेदवार दीपक बोहोरालाई नायक प्रदिप खड्काको समर्थन



भैरहवा । नेपाली चलचित्र क्षेत्रका चर्चित तथा पछिल्लो निकै चर्चित फिल्म प्रेम गीत–३ का नायक प्रदिप खड्काले आसन्न निर्वाचनमा रुपन्देहीका दीपक बोहोरालाई समर्थन गर्दै मतदान गर्न आग्रह गरेका छन् ।

रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बोहोरोलाई भेट्दै उनले मतदान गरी विजयी गराउनुपर्ने धारणा राखेका छन् ।

मंगलबार भैरहवामा आई उनले भने ‘दिपक बोहोरा जस्तो विकासप्रेमी नेतालाई मत दिए सबैको हित हुन्छ । बोहोराजीको बारेमा धेरै राम्रा कुरा सुनेको छु । लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नोक्सान हुन सक्छ यसैले सबैले मतादान गरी उहाँलाई विजयी गराउनुस् ।’

खड्का सहित टिकटक स्टार गोमा ज्ञवाली लगाएतले पनि रुपन्देहीको विकासकोलागि दिपक बोहोराको जित आवश्यक रहेको र मतदान गर्न अपिल गरेको करभिका थापाले बताइन् । नायक खड्काले भैरहवामा राप्रपा, एमाले र जसपा उमेदवार बोहोरालाई भेट गरी शुभकामना दिएका थिए ।

खड्काको समर्थन र सहयोगप्रति बोहोराले आभार ब्यक्त गरेका छन् । उम्मेदवार बोहोराले भने,‘ स्वत स्फूर्त रुपमा नायकहरुले गरेको सहयोगप्रति म आभार ब्यक्त गर्दछु ।’

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको