५ पुस २०८२, शनिबार | December 20, 2025

जोरजाम भएको गठबन्धन आवश्यक छैन, एमालेले मात्रै काम गर्न सक्छः ओली



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले टुक्राटाक्री जोडेर बनेको गठबन्धन आवश्यक नरहेको बताएका छन् । गठबन्धन सरकारले देश विकासको काम गर्न नसक्ने भन्दै एमाले सरकारले मात्र काम गर्न सक्ने उनको भनाइ छ ।

बुधबार सुनसरीको लौकीमा आयोजित चुनावी सभामा ओलीले अघिल्लो निर्वाचनमा एमाले दुई तिहाइ बहुमतको नजिक नभएको, अल्पमतमा परेकाले यसपटक बहुमत चाहिने बताए । ‘अघिल्लो निर्वाचनमा एमालेले बहुमत पाएको होइन । एमालेले प्रत्यक्षले ८० सिट र समानुपातिकमा ४१ सिट पायो । बहुमत ल्याउन सकेन । त्यही भएर त्यसबेलाको सरकारले पूर्ण कार्यकाल बिताउन सकेन,’ ओलीले भने, ‘अब एमालेले बहुमत पाएमा बलियो सरकार बन्ने बन्छ । सुदृढ सरकारले मात्र देश विकासको काम गर्छ ।’

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको पालिमुनि गएर बसेको भन्दै उनको कडा आलोचना गरे । प्रचण्ड पार्टी एकता गर्न नभई सिंगो पार्टी प्रतिक्रियावादीलाई बुझाउन एकताको नाटक गरेको आरोप लगाए ।

उनले बालक, वृद्ध, महिला सबैको उत्थानको काम एमालेले मात्र गर्न सक्ने दाबी पनि गरे । ओलीले कोरोना कालमा एमाले सरकारले धेरै राम्रो काम गरेको पनि जिकिर गरे । उनले वर्तमान सरकारले कोरोनाविरुद्धको खोपमा भ्रष्टाचार गरेको आरोप पनि लगाए ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : १८ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन