५ पुस २०८२, शनिबार | December 20, 2025

राहुल गान्धीको ‘भारतजोडो’ अभियानमा नेपालको राष्ट्रिय गान बजेपछि आलोचना



नयाँदिल्ली । भारतमा विपक्षी कांग्रेस दलका नेता राहुल गान्धीको एउटा कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि उनलाई सत्ताधारी भारतीय जनता पार्टीका नेताहरूले आलोचना गरिरहेका छन्।

‘भारत जोडो यात्रा’ अभियान चलाएर सत्ताधारी दलको विरोधमा निस्केका गान्धी अचेल भारतको विभिन्न क्षेत्रमा पुग्दै जनतालाई सम्बोधन गरिरहेका छन्।

यसै क्रममा बुधवार महाराष्ट्र राज्यमा भएको भेलाका बेला कार्यक्रमको शुरुवातमा भारतको राष्ट्रिय गान बज्नु पर्नेमा नेपालको राष्ट्रगान बजेको बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा फैलिएको भिडिओमा गान्धीले पार्टीको कार्यक्रममा मञ्चबाट भारतको राष्ट्र गीत बजाउन अनुरोध गरेको देखिन्छ। सहयोगीले गीत बजाउँदा नेपालको राष्ट्रिय गान बज्दछ।

सुरुको धुन र पहिलो लाइन बजिसकेपछि अलमल्ल परेका गान्धीले उनका सहयोगीलाई ईशारा गर्छन्। त्यसपछि बल्ल ‘जन, गण, मन…’ बज्दछ।

उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि भारतीय जनता पार्टीका नेताहरूले गान्धीको आलोचना गरेका विवरणहरू भारतीय सञ्चार माध्यममा आएका छन्।

सामाजिक सञ्जालका वेबसाइटमा टिप्पणी गर्नेहरूले भारतको विपक्षी दलले महाराष्ट्र राज्यमा गरेको स्थानीय कार्यक्रममा कसरी छिमेकी देशको राष्ट्र गान बजाइनका निम्ति ठीक्क परेर राखिन पुग्यो भनेर प्रश्न पनि उठाएका छन्।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको