५ पुस २०८२, शनिबार | December 20, 2025

काबुलस्थित पाकिस्तानी दूतावासमा भएको हमलाको जिम्मा लियो आइएसआईएसले



काबुल । सशस्त्र आतंकवादी समूह आइएसआईएसले शनिबार काबुलमा रहेको पाकिस्तानी दूतावासमा भएको आक्रमणको जिम्मा लिएको छ । सो हमलालाई इस्लामाबादले “हत्याको प्रयास“ भनेको छ ।

अफगानिस्तानको राजधानीमा शुक्रबार भएको आक्रमणमा एक सुरक्षा गार्ड घाइते भएका थिए । जिहादी मनिटर एसआइटीईद्वारा उद्धृत एक विज्ञप्तिमा इस्लामिक स्टेटको क्षेत्रीय शाखाले ‘धर्मत्यागी पाकिस्तानी राजदूत र उनका गार्डहरूमाथि आक्रमण गरेको’ बताएको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले यसलाई मिसनका प्रमुखमाथि “हत्याको प्रयास“ भन्दै छानबिनको माग गरेका छन् ।

काबुल प्रहरीका प्रवक्ताले सुरक्षा बलहरूले नजिकैको भवनमा आक्रमण गरेपछि एकजना संदिग्धलाई पक्राउ गरिएको र दुईवटा हल्का हतियार बरामद गरिएको बताए। पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारलाई आधिकारिक रूपमा मान्यता दिएको छैन, तर गत वर्ष अगस्टमा कट्टरपन्थी इस्लामवादीहरूले सत्तापलट गरेपछि पनि उसले आफ्नो दूतावास खुला राखेको छ । -एजेन्सी

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : १५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता