५ पुस २०८२, शनिबार | December 20, 2025

लेडी गागाको कुकुर डुलाउनेमाथि आक्रमण : बन्दुकधारीलाई २१ वर्ष जेल



न्युयोर्क । लेडी गागाको कुकुर डुलाउनेलाई गोली हानेर घाइते बनाउनेमध्येका एक व्यक्तिलाई २१ वर्षको जेल सजाय सुनाइएको छ । जेम्स हवार्ड ज्याक्सनलाई अदालतले उक्त सजाय सुनाएको हो । ज्याक्सन आक्रमणमा अभियोग लगाइएका पाँच जना मध्ये एक हुन् ।

सन् २०२१ को फेब्रुवरी २४ मा लेडी गागाका तीन वट फ्रान्सेली बुलडगलाई डुलाउँदै गर्दा  रायन फिसरलाई ज्याक्सनसहितको एउटा समूहले गोली हानेको थियो । आक्रमणकारीहरुले भागेर उनका दुई वटा कुकुरहरु कोजी र गुस्ताभ चोरेको थियो । तेस्रो बुलडग मिस एसिया पछि पुलिसले फेला पारेको थियो ।

आक्रमणमा गम्भीर घाइते भएका फिसर बाँच्न भने सफल भएका थिए । गागाले ५ लाख डलर इनाम घोषणा गरेपछि कुकुर फिर्ता गरिएको थियो ।

फिसरले आक्रमणपछि आफ्नो फोक्सोको एक भाग हटाउनु परेको बताए । उनी सोमबारको अदालतको सुनुवाइमा उपस्थित भए । गोलीबारीले आफ्नो जीवन सधैंका लागि परिवर्तन गरेको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : ५४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता