५ पुस २०८२, शनिबार | December 20, 2025

गठबन्धन नेतृत्वमै सरकार बन्छ : महरा



बाँके । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमै नयाँ सरकार बन्ने बताएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार कार्यकर्ता भेटघाट गर्न पुगेका महराले गठबन्धन नेतृत्व सरकार बन्ने बताएका हुन् ।

माओवादी प्रवक्ता समेत रहेका उनले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताए ।  ‘सरकार गठनका विषयमा आवश्यक छलफल चलिरहेको छ,’ उनले भने, ‘पार्टीले सबै दलसँग आवश्यक छलफल अगाडि बढाइसकेको छ, हाम्रो माग अनुसारको सरकार बनाउन हामीले काम गरिरहेका छौँ ।’

समाजवादी दलहरूको मञ्च निर्माणका लागि एमाले महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका नेताहरू, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह, धर्मेन्द्र बाँस्तोला लगायतले नेतृत्व गरेका पार्टीसँग समेत छलफल भइरहेको उनले बताए ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : ०७ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन