६ पुस २०८२, आइतबार | December 21, 2025

कोभिड संक्रमण बढेपछि चीनले फाइजर खोप लगाउने



बेइजिङ । चीनमा कोभिड संक्रमणका घटनाहरु बढ्न थालेपछि बेइजिङले चाँडै नै आगामी दिनहरूमा सामुदायिक स्वास्थ्य केन्द्रहरूमा फाइजरको कोभिड-१९ औषधि प्याक्सलोभिड वितरण गर्ने भएको छ  ।

देशका विभिन्न सहरले संक्रमणको अभूतपूर्व लहरको सामना गरिरहेका बेला सरकारले उक्त निर्णय गरेको हो । संक्रमणका घटना बढेपछि औषधि फार्मेसी र औषधि पसलमा औषधिको अभाव हुन थालेको छ ।

चाइना न्युज सर्भिसका अनुसार तालिम पाएपछि सामुदायिक चिकित्सकहरूले कोभिड-१९ का बिरामीलाई औषधि वितरण गर्ने र प्रयोग गर्ने तरिकाबारे जानकारी दिनेछन् ।

यसै महिनाको सुरुमा कोभिड प्रतिबन्ध हटाएपछि चीनमा संक्रमणका घटनामा तीब्र वृद्धि भएका छन् । एउटै सहरमा दैनिक लाखौँलाई संक्रमण हुन थालेको छ । यसैबीच, सरकारले विदेशीका लागि क्वारेन्टाइनमा बस्नु नपर्ने जनाएको छ । जनवरी ८ देखि यो नियम लागू हुने भएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : ५३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ