४ पुस २०८२, शुक्रबार | December 20, 2025

भारतमा निर्मित खोकीको झोल औषधि खाँदा उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्यु



उज्वेकिस्तान । उज्बेकिस्तानले भारतमा निर्मित खोकीको झोल औषधि खाँदा कम्तीमा १८ बालबालिकाको मृत्यु भएको दाबी गरेको छ । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मृत्यु भएका बालबालिकाले नोएडा स्थित मेरियन बायोटेकले बनाएको झोल औषधि डक-१ म्याक्स सेवन गरेको जनाएको छ ।

सिरपको ब्याचको प्रयोगशाला परीक्षणमा औषधिमा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको मन्त्रालयले जनाएको छ । बच्चाहरूलाई घरमा डाक्टरको प्रिस्क्रिप्शन बिना उनीहरूका आमाबाबु वा ओषधि विक्रेताको फार्मासिस्टको सल्लाहमा दिइएको पाइएको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बच्चाहरूको लागि मानक डोजभन्दा बढी औषधि दिइएको थियो । कम्पनिको वेबसाइट अनुसार उक्त औषधि चिसो र फ्लुको लक्षण भएका विरामीको उपचार गर्न दिइन्छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १० : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको