४ पुस २०८२, शुक्रबार | December 19, 2025

शंकरनगर वन वाटिकाको टिकट अब अनलाइनबाटै

साइन रेसुंगा बैंकद्वारा क्युआर कोड र स्क्यान मेशिन हस्तान्तरण



बुटवल । पछिल्लो समय लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने भएको छ ।

यसका लागि साइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमएस मार्फत अनलाइन टिकटिङ सफ्टवेयर निर्माण गरी वनवाटिकालाई उपलब्ध गराइसकेको छ ।

बुधबार वन वाटिकामा आयोजित एक समारोहबीच साइन रेसुंगा डेभलपमेन्ट बैंकले अनलाइन टिकटिङ सिस्टमको क्यूआर कोड र चारवटा स्क्यान मेशिन वन वाटिकालाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल प्रविधिको उच्चतम प्रयोगबाट नै ब्यक्ति, संस्था र देशको आर्थिक कारोबार सुरक्षित, व्यवस्थित र पारदर्शी हुने भएकाले सबै आर्थिक कारोबारहरु डिजिटलाइज गर्दै जानु समयको आवश्यकता भएको बताए ।

डिजिटिल बैकिङले नगद बोकेर हिंड्नुपर्ने झन्झटको अन्त्य र सुरक्षित पनि हुने मात्र नभई नगद पैसा छाप्दा हुने राज्यको अरबौ खर्च जोगिने भएकाले सिंगो देशलाई डिजिटलाइज बैकिङ प्रणालीमा लैजान सबैको ध्यान जानुपर्ने पौडेलले औंल्याए ।

बैंकहरुले व्यवसायसंगै सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्दै आएका र अर्थतन्त्रको एउटा विश्वसनीय माध्यम भएकाले नाफामुलक संस्था मात्रै भनेर बुझ्न नहुने आग्रह गरे । वन वाटिकासंग आगामी दिनमा थप सहकार्य गर्ने पौडेलले बताए ।

वनवाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले संस्थाले तीन वर्ष अघिदेखि नै अनलाइन टिकटिङमा जाने सोंच बनाएपनि कोरोना महामारीका कारण ढिलाई भएको भन्दै अनलाइन टिकटिङ सिस्टमले संस्था प्रविधियुक्त र आर्थिक कारोबार पारदर्शी हुने बताए ।

उनले वन वाटिकामा एक वर्षमा करिब साढे ३ लाख पर्यटक घुम्न आउने गरेकाले अनलाइन बैकिङले टिकट काट्न लाइनमा बस्न नपर्ने बताए ।

बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले अहिलेको युग सूचना प्रविधिको भएकाले आफ्नो सेवा तथा सुविधालाई प्रविधिसँगै जोड्दै जाँदा त्यसबाट सेवा प्रदायक संस्था र सेवाग्राही र उपभोक्ता दुवैलाई सहज हुने र समयको वचत हुने बताइन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डिजिटल भुक्तानी प्रर्वद्घनलाई अभियानकै रुपमा अगाडि बढाएकोे उल्लेख गर्दै उनले आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।

सो अवसरमा बैंकका ब्राण्डिङ तथा मानव संसाधन विभाग प्रमुख प्रभास राई,प्रमुख प्रविधि अधिकृत शैलेश कुमार श्रीवास्तव, र्ईसेवा क्षेत्रिय प्रबन्धक कमल सापकोटा र आइएमएसका शाखा प्रबन्धक आशिष भुसालले काठमाडौं बाहिर प्रधान कार्यालय रहेको र लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो शाखा सञ्जाल र धेरै ग्राहक भएको शाइन रेसुंगाले नेपाल राष्ट्र बैंकको नीति अनुसार डिजिटल बैंकिङ साक्षरता र डिजिटल भुक्तानीलाई प्राथमिकताका साथ प्रवद्र्धन गरेको उल्लेख गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ६ : ०१ बजे

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त