४ पुस २०८२, शुक्रबार | December 19, 2025

मर्स्याङ्दीमा नुहाउने क्रममा बगेर एक कामदार बेपत्ता



लमजुङ । लमजुङको राइनास नगरपालिका-८ तार्कुघाटबाट मर्स्याङ्दी नदीले बगाउँदा एक जना कामदार बेपत्ता भएका छन् । नुहाउने क्रममा ती युवकलाई बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश श्रीमलले बताए ।

तनहुँको नेपालडाँडातर्फ खानेपानी लिफ्टिङ योजनामा कार्यरत बैतडीको पाटन नगरपालिका ८, सिद्धेश्वर खोडपेका २१ वर्षीय करणसिंह थलाललाई मर्स्याङ्दीले बगाएको प्रहरीले जनाएको छ ।

काम गरेर मंगलबार साँझपख घर फर्किने क्रममा मर्स्याङ्दीमा नुहाउने क्रममा बगाएको जानकारी आएको डीएसपी श्रीमलले बताए । उनका अनुसार बेपत्ता युवकको खोजीकार्य भइरहेको छ । बुधबार साँझसम्म थलाललाई भेटिएको छैन ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ७ : ०५ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह