४ पुस २०८२, शुक्रबार | December 19, 2025

सूर्यमुखीको व्यावसायिक खेती



भरतपुर । चितवनको भरतपुरमा व्यावसायिकरुपमा सूर्यमुखी खेती गरिएको छ । तेलन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको हो ।

जिल्लामा रहेका चार जना प्राङ्गारिक किसानको अगुवाइमा पौने तीन बिघा जमिनमा सूर्यमुखी खेती गरिएको कृषक चन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलन बालीका लागि सहकार्य भएकाले पौने तीन बिघामा सूर्यमुखी र बाँकीमा तोरी खेती गरिएको छ । जसमा ज्ञान केन्द्रले बीउ, मल र सिँचाइमा सहयोग गरेको उनले बताए ।

दश वर्ष पहिले पनि आफूले जिल्लामा सूर्यमुखी खेती गरेको र बीचका केही वर्ष खेती गर्न छाडे पनि यो वर्षबाट पुनः प्राङ्गारिक सूर्यमुखी खेती गरेको उनको भनाइ छ । “मैले २०३२ सालमा जिल्लामा ५० ग्राम गाँजर खेतीबाट कृषि सुरु गरेको हो । चितवन पछिल्लो समय गाँजर उत्पादनको व्यापक क्षेत्र पनि भयो तर, हाल यसको उत्पादन धेरै हुँदा बजार मूल्य नपाउने र लगानी पनि धेरै लाग्ने भएकाले मैले गाँजरको विकल्प दिन सक्ने नगदे बालीको रुपमा तेलन बाली लगाएको हुँ ।” उनले भने ।

सूर्यमुखी खेती गर्दा धेरै लगानी गर्न नपर्ने भएकाले लगानी गर्न नसक्ने किसानले पनि यो खेती गर्न सकिने उनले बताए । यसरी प्राङ्गारिक सूर्यमुखी खेती गर्नाले किसानले राम्रो मूल्यमा उपभोक्तालाई स्वस्थकर तेल उपलब्ध गराउन सक्ने र मिसावट तेलको बजारलाई यसले नियन्त्रण गर्ने अधिकारीले जानकारी दिए । “पछिल्लो समय फूल फुल्न थालेसँगै यहाँ टिकट शुल्क रु एक सय तिरेर दैनिक टिकटक बनाउने, फोटो खिच्ने र घुम्न र खेतीबाली हेर्न पर्यटक आउन थालेका छन् र उनीहरु यहाँ आउँदा आनन्द महसुस गर्छन्”, उनले भने ।

अहिले यहाँ मह उत्पादनको लागि ६०/६५ मौरीको घार पनि राखिएको छ । जसको कारण मह पनि राम्रो उत्पादन हुने उनले बताए । कृषि ज्ञान केन्द्र चितवनकी कृषि अधिकृत सुरुची त्रिपाठीले चितवन र मकवानपुर गरेर दुई क्षेत्रमा सय हेक्टर जमिनमा तेलन बालीका लागि केन्द्रले सहयोग गरेको जानकारी दिए । उनले अरु क्षेत्रमा तेलन बालीअन्तर्गत तोरी खेती गरे पनि यहाँका किसान सूर्यमुखी खोतीमा इच्छुक भएकाले उनीहरुलाई केन्द्रले सहयोग गरेको बताए । यहाँका किसानले सूर्यमुखी खेती गर्दै जाँदा अन्य किसानलाई पनि प्रत्साहन मिल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ९ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको