४ पुस २०८२, शुक्रबार | December 20, 2025

लागुऔषधसहित ८ जना पक्राउ



काठमाडौं । देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । झापाको झापा मेचीनगर नगरपालिका(६ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका गैरी गाउँ बस्ने २० वर्षीया सन्ध्या दर्जी र अर्जुनधारा नगरपालिका(११ बुट्टाबारी बस्ने ३६ वर्षीय सागर गिरी रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा सन्ध्याको साथबाट ३ ग्राम र सागरको साथबाट १ ग्राम ७ सय मिलिग्राम उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका(९ झण्डहवाबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ ४ ग्राम २६० मिलिग्राम र डिजिटल तराजु १ थानसहित सोही ठाउँ बस्ने ३७ वर्षीय मोहमद साईलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे।१२ प ७७२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका(११ टाउके बजारस्थित नेपाल भारत सीमानाकाबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १८ ग्राम ३० मिलिग्रामसहित बेलौरी नगरपालिका(६ दुम्ली बस्ने ३५ वर्षीय उमेश सिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका(१ तिनकुने चोकबाट अवैध लागुऔषध गाँजा करिब १२ केजीसहित सोही उपमहानगरपालिका(२२ चकरी बस्ने २५ वर्षीय नरेश बमसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले ना।२ ह ४९५० नम्बरको अटोमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका(६ खैरधारीबाट अवैध लागुऔषध अफिम १ केजीसहित सोही ठाउँ बस्ने ४० वर्षीय नरमान घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले घिसिङलाई उनकै भान्सा कोठामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १२ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको