६ पुस २०८२, आइतबार | December 21, 2025

उपराष्ट्रपतिको उम्मेदवार छान्न बालुवाटारमा गठबन्धनको बैठक



काठमाडौं । काठमाडौं । उपराष्ट्रपतिको विषयमा सहमति गर्न गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच छलफल भैरहेको छ ।

बैठकले गठबन्धनबाट उपराष्ट्रपतिको उमेदवार कसलाई बनाउने निर्णय गर्नेछ । गठबन्धनभित्रका दलहरुबाट फरकफरक उम्मेदवार घोषणा भएपछि बैठकले साझा उम्मेदवारको खोजी गर्न बैठक बसेको हो । उपराष्ट्रपति पदमा गठबन्धनभित्रका जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले दाबी गरेका छन्।

निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बन्न नपाउने निर्णय गरेपछि गठबन्धन दलहरूले आपत्ती जनाएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको निर्वाचनका लागि हुने उम्मेदवारको मनोनयनपत्र दर्ताका क्रममा पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको बताइएको छ ।

उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उमेदवार मनोनयनको कार्यतालिका छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ९ : ५८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा