७ पुस २०८२, सोमबार | December 22, 2025

भैरहवा क्याम्पसमा स्ववियु निर्वाचन आज : अनेरास्ववियु एक्लै, अन्य संगठन गठबन्धन बनाएर भिडदै



भैरहवा । भैरहवा बहुमुखी क्याम्पसमा हुन गईरहेको स्ववियु निर्वाचनमा ७ जना अध्यक्षले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

पुर्वनिर्धारित तालिका चैत्र ५ गते भएता पनि विद्यार्थिहरु र निर्वाचन आयोगको विवादका कारण तीन दिनपछि निर्वाचन हुन गईरहेको छ ।

स्ववियु निर्वाचनमा एमाले निकटको विद्यार्थि संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सिंगल प्यानल सहित चुनावी प्रतिस्पर्धामा होमिएका छन ।

चैत्र ५ गते निर्वाचन भएका देशभरका क्याम्पसमा अधिकांशमा प्यानल सहित निर्वाचन जितेको अनेरास्ववियुले सागर न्यौपानेको अध्यक्षतामा निर्वाचनमा होमिदा थप हौसिएको छ ।

सागर न्यौपानेको प्यानललाई स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका भिम भन्डारीले आफ्नो उम्मेदवारी निस्क्रीय पार्दै अनेरास्ववियुलाई समर्थन गरी चुनावी प्रचारमा लागेपछि न्यौपाने झन बलियो उम्मेदवार बनेका हुन् ।

यसैगरी न्यौपानेसँग राप्रपा निकटको विद्यार्थि संगठन राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थि संगठन र नेकपा माओवादी पार्टि निकटको विद्यार्थि संगठन (अखिल क्रान्तिकारी) को संयुक्त प्यानलको अध्यक्ष मनिष ढकालले प्रतिसपर्धा गर्दैछन ।

अर्का उम्मेदवार अनुप

द्वीवेदीलाई जनमत पाटि निकटको विद्यार्थि जनमत संघ, जसपा निकटको समाजवादी विद्यार्थि युनियन र स्वतन्त्र मधेशी युनियनले समर्थन गरेको छ भने देवानलाई लोसपा निकटको लोकतान्त्रीक विद्यार्थि संघ र नेपाली कांग्रेस निकटको नेविसंघले समर्थन गरेको छ ।

यसैगरी अध्यक्षमा नेकपा एस निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियनका अजय भण्डारी, नेकपा माओवादी विप्लप निकटको अनेरास्ववियु क्रान्तिकारीको उमेश यादव, स्वतन्त्र उम्मेदवार अनिल कुमार भुजलले पनि अध्यक्षमा प्रतिस्पर्धा गदैछन् ।

बिहान ८ बजेदेखि शुरु हुने निर्वाचनमा क्याम्पसको परिचयपत्र अनिवार्य रुपमा साथमा लिई आउने विद्यार्थिलाई निर्वाचनमा सहभागी गराईने मुख्य निर्वाचन आयुक्त इन्द्र बहादुर विश्वकर्माले बताए ।

विक्रम सम्वत २०२५ सालमा स्थापना भएको भैरहवा बहुमुखी क्याम्पस लुम्बिनी प्रदेशकै महत्वपुर्ण र पुरानो क्याम्पसको रुपमा परिचित रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ७ : ३८ बजे

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम