४ पुस २०८२, शुक्रबार | December 19, 2025

आठ बालबालिकामा क्षयरोग सङ्क्रमण



चितवन । जिल्लामा आठ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा पाँच सय ९२ जनामा क्षयरोग देखिएकामा तीमध्ये आठ बालबालिका छन् ।

स्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार सङ्कमित बालबालिकामध्ये भरतपुर महानगरपालिकामा तीन, रत्ननगर नगरपालिकामा दुई, राप्ती र माडी नगरपालिकामा एक÷एक र इच्छाकामना गाउँपालिकामा एक जना छन् । चौध वर्ष मुनिका बालबालिकामा क्षयरोग देखिएको उनले बताए ।

दुवाडीले बालबालिकामा बढी सङ्ख्यामा ग्रन्थी, पेट र आन्द्रामा क्षयरोग देखिने गरेको जानकारी दिए । सङ्क्रमित सबै बालबालिकाले नियमित औषधिको सेवन गरिरहेका छन् । बालबालिकामा स्वासप्रश्वास र जुठो खाँदा क्षयरोगको सङ्क्रमण सर्ने उनको भनाइ छ । दुवाडीले भने, “अभिभावकलाई सर्ने खालको क्षयरोग भएमा बालबालिकामा पनि सर्ने गरेको छ ।”

विद्यालय जाँदा, खेल्ने क्रममा समेत बालबालिकामा क्षयरोगको सङ्क्रमण हुने गरेको छ । गत आर्थिक वर्षमा जिल्लामा एक हजार एक सय ९६ मा क्षयरोगको सङ्क्रमण देखिएको थियो । तीमध्ये ३१ बालबालिका थिए । आर्थिव वर्ष २०७७/७८ मा सङ्क्रमितको सङ्ख्या आठ सय ९३ मध्ये १८ जना सङ्क्रमित बालबालिका थिए ।

दुई हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु, खान मन नलाग्नु, छाती दुख्नु, दुब्लाउँदै जानु, खकारमा रगत देखिनुलगायत लक्ष्यण देखिए क्षयरोग भएको हुनसक्ने दवाडीले बताए । यो रोग लागेमा नियमित छ महिना औषधि सेवन गर्नुपर्छ । स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि सेवान गर्ने र समय समयमा खकार जाँच गरे क्षयरोग निको हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ४ : ३० बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज