४ पुस २०८२, शुक्रबार | December 20, 2025

खर्च विवरण नबुझाउने ७४ उम्मेदवारलाइ ७ दिन भित्र स्पष्टीकरण दिन निर्वाचन आयोगको निर्देशन



काठमाडौं ।  गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारले खर्च विवरण नबुझाएपछि निर्वाचन आयोगले ताकेता गरेको छ ।

चार महिनासम्म पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण पेस नगरेपछि आयोगले उम्मेदवारहरुलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

आज एक सूचना प्रकाशित गर्दै निर्वाचन आयोगले उम्मेदवार र संलग्न पार्टीको नाम नै उल्लेख गरेर समयसिमासहित निर्देशन दिएको हो । प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ३७ गरी  ७४ जना उम्मेदवारले खर्च विवरण नबुझाएको सुचनामा उल्लेख छ ।

निर्वाचन सम्पन्न भएको ३५ दिन भित्र बुझाउनु पर्ने खर्च विवरण के कारणले नबुझाएको हो ? र कारबाही  किन गर्न नहुने हो ? भन्दै आयोगले सोधेको स्पष्टीकरणमा उल्लेख छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस गर्न नसकेमा कारबाही प्रक्रियासमेत अघि बढाइने आयोगले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको