२४ माघ २०८२, शनिबार | February 7, 2026

सियारीमा गोली चल्यो, एकजना सामान्य घाइते



बुटवल । रुपन्देहीको सियारी-३ भैसाखादरमा एकथान मोबाइलका लागि गोली प्रहार गरेका छन् । गोली प्रहारबाट स्थानीय एक युवा घाइते भएका छन ।

बाख्रा चराउन तिनाउ नदीको कौवा घाट नजिकै गएका २६ वर्षिय विरेन्द्र केवटलाई ३ जनाको समुहमा आएको लुटेराहरुले मोबाइल माग्दै गोली चलाएका थिए । केवटमाथि गोली प्रहार गर्दै ती लुटेराहरुले मोबाइल लुटेर लगेका छन् । गोली प्रहारबाट केवत सामान्य घाइते भएका छन् ।

तिनाउ खोला नजिकै कौवा घाटमा बाख्रा चराउदै गरेका केवटसँग लुटेरा समुहले मोबाइल मागेको र मोबाइल दिन आनाकानी गरेपनि गोली प्रहार गरि मोबाइल लिएर भागेको केवटले बताए । नदी किनारमा मोटरसाइकल रोकेर केवट नजिक पुगेका लुटेरा समुहले सुरुमा मोबाइल र भएको सामान मागेको र दिन आनाकानी गरेपछि गोली प्रहार गरेको उनले बताए ।

केवटको भिम अस्पतालमा उपचार भईरहेको छ । अस्पतालका अनुसार गोली केवटको तिघ्राको लागेको छ । तिघ्रामा छिर्न नपाएकाले अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामू अर्यालले भने घटनास्थलमा गोली चलेको कुनै संकेत नभेटिएको बताए । ‘बन्दुकका खोका वा बारुदको कुनै संकेत घटनास्थलमा भेटिएन ।’ उनले भने ।

घाइतेले गोली प्रहार भएको बताएका आधारमा प्रहरीले अनुसन्धान थालेको डीएसपी अर्यालले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १० : ०२ बजे

भत्किँदै उठेको झेँदी पुल : बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना

गुल्मी । वर्षौँको प्रतिक्षा, निराशा र संघर्षपछि अन्ततः गुल्मीको बडिगाड

‘गाउँमै बस्ने वातावरण बनाइदिने नेतालाई भोट’

ढोरपाटन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी

आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन आउन २६ दिन बाँकी : चौतिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

काठमाडौं । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये