४ पुस २०८२, शुक्रबार | December 20, 2025

आचारसंहिता उल्लङ्घन नगर्न काउन्सिलको अपिल



काठमाडौं । प्रेस काउन्सिल नेपालले यही वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चारमाध्यमलाई अपिल गरेको छ ।

काउन्सिलले आज विज्ञप्ति जारी गर्दै प्रचार–प्रसार निषेध सुरु हुनुभन्दा अघिसम्म भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिह्नअङ्कित झण्डा र ब्यानर, श्रव्यदृश्यलगायत सामग्री मौन अवधिमा सञ्चारमाध्यमबाट प्रकाशन÷प्रसारण हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने भन्दै त्यस्तो कार्य नगर्न÷नगराउन सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको हो ।

निर्वाचन आचारसंहिता लागू भएपछि काउन्सिलले गरेको अनुगमनका क्रममा आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई आज २४ घण्टे स्पष्टीकरण सोधेको काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अनुगमनका क्रममा कतिपय सञ्चारमाध्यमबाट चुनावी विश्लेषणका नाममा कुनै राजनीतिक दल र उम्मेदवारको पक्षपोषण हुने गरी सामग्री सम्प्रेषण भएको पाइएपछि काउन्सिलले त्यस्ता सञ्चारमाध्यमलाई २४ घण्टे पत्र काटेको हो ।

काउन्सिलले सञ्चारमाध्यम, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालगायतलाई आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन अपिल गर्दै निर्वाचन स्वच्छ र मर्यादितरूपमा सम्पन्न गर्न सघाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ६ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको