४ पुस २०८२, शुक्रबार | December 19, 2025

जङ्गली हात्तीले कुल्चेर वृद्धको मृत्यु



झापा । जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका-५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेको हो ।

बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख राईले जानकारी दिए ।

डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जनाउँदै उनले थप विवरण आउन बाँकी रहेको बताए । जिल्लाको पूर्वी क्षेत्र बाहुनडाँगी हुँदै भारतबाट समेत जङ्गली हात्तीको हुल नेपाल प्रवेश गर्दै आएको छ भने एक दर्जनको सङ्ख्यामा रैथाने हात्ती स्थानीय जङ्गलमा बस्दै आएका छन् । हुलबाट एक्लिएको जङ्गली हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीयवासी बताउँछन् ।

 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १२ : १८ बजे

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित