५ पुस २०८२, शनिबार | December 20, 2025

हिउँचितुवाको वासस्थान अध्ययनबारे छलफल



काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) र चीनका दुईवटा संस्थारू मिलेर सञ्चालित समुदायमा आधारित प्रकृति संरक्षण कार्यक्रम अन्तरगत नेपालको दोलखा जिल्लाको लप्चेमा हिउँचितुवाको वासस्थान अध्ययन तथा संरक्षण अभियानमा लागेका विज्ञहरूबीच अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा चीनको एमिति फाउण्डेसनका श्री शू जुनसोङ्ग तथा सानसुई संरक्षण केन्द्र नामक संस्थाका तीन जना विज्ञहरू जाओ जियाङ, किङ जुवाङ्ग, र फेङ चेङले ती संस्थाहरूले नेपालमा तथा चीनमा गरिरहेका विभिन्न अध्ययन तथा अन्य आयोवनाहरूबारे प्रकास पारेका थिए ।

नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययान केन्द्रकोतर्फबाट उपप्राध्यापक डा. नारायणप्रसाद कोजूले ती चीनियाँ संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालको विकट क्षेत्रहरूमा वासस्थान बनाएका हिउँचितुवा तथा अन्य दूर्लभ वन्य जन्तुहरूको अध्ययन विगत १८ महिनादेखि स्थानीय बासिन्दाहरूसमेतको सहयोगमा गरिरहेका छन् । अध्ययनको क्रममा लप्चेमा आधा दर्जन भन्दा बढी हिउँ चितुवाहरू भएको प्रमाण भेट्टाएको जानकारी प्राप्त भएको छ ।

ती इलाकाहरूमा प्राप्त जैविक विविधताबाट नेपालमा वातावरणीय पर्यटन प्रोत्साहन प्रवर्धन गर्न सकिनेबारे दुवै पक्षले अन्तरक्रियामा सहमति जनाए । अन्तरक्रिया कार्यक्रममा उक्त अध्ययनको प्रारम्भिक उपलब्धीहरूबारे डा। नारायणप्रसाद कोजूले विस्तृत रूपमा प्रकास पारेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : १५ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन