५ पुस २०८२, शनिबार | December 20, 2025

सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई तथा शुभकामना



काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा-२ बाट विजयी उपेन्द्र यादवलाई शुभकामना तथा बधाई दिएका छन ।

गत बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा-२ बाट विजयी जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई राउतले बधाई दिएका हुन ।

‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले सामाजिक सञ्जालबाट बधाई दिदै भनेका छन, ‘जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु  हुने सम्पूर्णमा कोटिकोटि प्रणाम ।’

बारा-२ मा जसपा नेपाल र जनमत पार्टी मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका थिए । जसपाका यादव २८ हजार ४१५ मतले बिजयी भए भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतसहित दोस्रो स्थानमा रहन पुगे ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ७ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको