१ पुस २०८२, मंगलबार | December 16, 2025

नक्कली कागजात बनाइ ठगी गर्ने दुई पक्राउ



कपिलवस्तु । जग्गा बिक्री गरेको नक्कली कागजात बनाई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाले शिवराज नगरपालिका-११ नम्बर वडाको थुनिया बस्ने रामनिवास कुर्मी चौधरी र रामप्रताप यादवलाई पक्राउ गरेको हो ।

चौधरी कानुन तथा लेखापढी व्यवसायी समिति चन्द्रौटाका अध्यक्ष हुन् । मालपोत कार्यालय चन्द्रौटामा साबिक वीरपुर गाविस-९ मा रहेको मुकेश यादवको नाममा रहेको जग्गाको नक्कली राजिनामा बनाएपछि उनीहरू पक्राउ परेको प्रहरीको भनाइ छ ।

जग्गाधनी यादवलाई जानकारी नै नदिएर कृष्णनगर बस्ने रेखा लोहारसँग उनीहरूले चार लाख रुपैयाँमा जग्गा कारोबार गरेका थिए ।

मालपोत कार्यालय जग्गाको मोठ भिडाएको नाटकगरी नक्कली राजिनामा तयार गरेका थिए । राजिनामा देखाउँदै जग्गा पास भएको र दुई दिनमा जग्गाधनीपूर्जा उपलब्ध गराउने बताएका थिए ।

चार दिन बित्दासम्म पूर्जा नपाएपछि लोहारले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मिन घलेले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ६ : ३३ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच