काठमाडौं । विश्वभर छरिएर बसेका तामाङहरुको छाता संगठन अन्तराष्ट्रिय तामाङ परिषद्को सम्मेलन थाइल्यान्डको राजधानी बैंककमा गर्ने तयारी गरेको छ ।
यहीँ आउदो जेठ २० र २१ अर्थात जुन ३ र ४ तारिखमा सम्मेलन गर्ने निर्णयसंगै तिब्र गतिमा तयारीमा जुटिरहेका छन् ।
विशेषगरी तामाङ समुदायको धर्म संस्कृति, रितिरिवाज, भाषा ,लिपिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि निति निर्माण, विश्वभर रहेका तामाङहरुको अवस्था र तथ्यांकको खोजी, उनिहरुको अधिकारको प्रत्याभूति गर्ने उदेश्यले सन् २००२ मा परिषद गठन गरेका थिए ।
परिषदमा नेपाल, भारत, भुटान, थाइल्यान्ड, बर्मा, लगायतका देशहरूमा स्थायी संस्थाहरु आबद्ध छन भने डेढ दर्जन भन्दा बढी देशहरूमा राष्ट्रिय सदस्य संस्थाहरु क्रियाशील छन ।
यसअघि नेपाल र भारतमा दुई/दुई पटक सम्मेलन गरिसकेको परिषद्ले यसपटक यी दुई देश पछाडि तामाङको बहुलिया भएको देश बर्मा गर्ने छलफल भए पनि हाल बर्मामा शैनिक शासनका कारण बोडर सिल भएको कारण सम्मेलन थाइल्यान्डमा गर्नुपर्ने परिस्थिति सिर्जना भएको परिषद्का बरिस्ठ उपाध्यक्ष टाशी लामाले उज्यालो नेटवर्कलाई जानकारी गराए ।
उनले थप भने ‘ बर्मामा सम्मेलन गर्ने सम्भव नभए पछि बर्मा पछि बसोबासको हिसाबले तामाङहरु थाइल्यान्डमा पाएको कारण थाइल्यान्डम नै सम्मेलन गर्ने भएको छ । बर्मा हुँदै थाइल्यान्ड पुगेका तामाङ आफन्तजनहरुको इतिहास अनुसार पाँच पुस्ता बिताइसकेका छन’
सम्मेलन व्यवस्थापनको जिम्मा तामाङ समाज बर्मा र तामाङ समाज थाइल्यान्डले लिएका छन् । इतिहासको कालखण्डमा माईग्रेसन प्रोसेस, राज्यको उत्पीडन, रोजगार लगायतका कारणले गर्दा तामाङको वंशहरु नेपालबाट दक्षिणपूर्वा एसियाका विभिन्न देशहरुमा फैलिदै गएका छन्। उनिहरुको राजनीतिक,सामाजिक र आर्थिक हिसाबले कुन परिस्थितिमा छन् त्यो बुझ्नको लागि पनि सम्मेलनको आयोजना गरेको लामाले बताए ।
सम्मेलनमा दुई दर्जन भन्दा बढी देशहरूबाट करिब पाँच सय प्रतिनिधिहरु आउने आयोजकले अपेक्षा गरेका छन् । बंगलादेश,मलेसिया लगायतका देशहरूमा पनि तामाङहरुको स्थायी बसोबास रहेको सरकारी तथ्यांक भेटे पनि उनिहरुसंग सम्पर्क हुन सकेको छैन ।
सम्मेलनमा योजना कार्यान्वयन,कार्यविधि तयारी गर्नका लागि परिषद्को संस्थापक अध्यक्ष परशुराम तामाङको अध्यक्षतामा समिति गठन गरी सबै देशहरुबाट आएको रायहरु संकलन गरि अन्तिम प्रस्ताव तयारी गरिरहेका छन् । त्यसैगरी डा. मुक्त सिंह तामाङको संयोजकत्वमा समसामयिक प्रस्ताव उपसमिति गठन गरि तामाङहरुको विश्वव्यापी समसामयिक विषयबस्तुहरु संकलन पश्चात् अन्तिम प्रस्ताव तयार गर्नेछ ।



















प्रतिक्रिया