४ पुस २०८२, शुक्रबार | December 20, 2025

इमरान पक्राउ पछि पाकिस्तानमा भडकियो हिंसा, पेशावरमा ४ जनाको मृत्यु



इस्लामबाद । पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि अराजकता मच्चिएको छ ।

उनको पक्राउ पछि भएको हिंसामा परी पेशावरमा ४ जनाको मृत्यु भएको छ भने ९१ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

मंगलवार पक्राउ परेका पुर्व प्रधानमन्त्री इमरानलाई ८ दिनको लागि एनएबी हिरासतमा पठाइएको छ ।

यसैगरी, इमरानको गिरफ्तारीपछि शान्ति सुरक्षा कायम गर्ने भन्दै इस्लामाबाद, पञ्जाब र केपीमा सेना परिचालन गरिएको छ भने पीटीआईको विरोधपछि पञ्जाबमा मात्रै झण्डै एक हजार पक्राउ गरिएको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ ।

पीटीआईका नेताहरु असद उमरलाई आईएचसीबाट र फवाद चौधरीलाई एससीबाट गिरफ्तार गरिएको छ भने इमरानको गिरफ्तारीमा आईएचसीको फैसलाविरुद्ध पीटीआईले सर्वोच्च अदालत पुगेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ८ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको