५ पुस २०८२, शनिबार | December 20, 2025

कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, पराजय स्विकार्दै बिजेपीका मुख्यमन्त्रीले दिए राजिनामा



नयाँ दिल्ली । भारतमा कर्नाटक राज्यमा भएको विधानसभा चुनावको नतिजा आएको छ । कर्नाटकका मतदाताले कांग्रेसलाई स्पष्ट बहुमत दिएका छन् ।

शनिवार राती सम्पन्न भएको मतगणना अनुसार कांग्रेसले १ सय ३७ सिटमा बिजयी हासिल गरेको छ भने सरकार बनाउन आवाश्यक १ सय १३ सिट भन्दा बढी स्थानमा बिजयी हासिल गरेर कांग्रेस कर्नाटकमा पहिलो भएको छ ।
यसैगरी, दोस्रो स्थानमा भारतीय जनता पार्टी (बिजेपी) रहेको छ । जसले ६५ सिट मात्र जिते पछि भाजपाले कर्नाटक चुनावमा आफनो पराजय स्वीकार गरेको छ ।

उता, जेडीएसले १९ सिटमा जीत हासिल गरेको छ भने अन्यको खातामा ३ मात्रसिट परेको छ ।

कर्नाटकमा बिगत ३८ वर्षदेखिको निर्वाचनको परम्परा यसपटक कायम रहन पुगेको छ । अर्थात, कर्नाटकमा मतदाताले सरकार दोहोर्याउन दिएका छैनन ।कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

उनले गभर्नरलाई राजीनामा बुझाएका छन् । मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : २९ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन