५ पुस २०८२, शनिबार | December 20, 2025

कराँची गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु



कराँची । आइतबार कराँचीमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा आधारित एआरवाई न्युजले जनाएअनुसार मेमन गोठ, सुरजनी टाउन, डिफेन्स र म्युनिसिपल टाउनमा गोली हानाहान भएको थियो ।

गुलसन-ए-सुरजानीस्थित पेट्रोल पम्प नजिकै अज्ञात व्यक्तिले कारमा गोली चलाउँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाबर र नसिम रहेका छन् ।

यसबाहेक, मलिर साउदाबादमा आयोजित विवाह समारोहमा एक व्यक्तिको गोली हानी हत्या गरिएको थियो । हत्या गरिएका व्यक्ति मोहम्मद अर्सलान रहेको बताइएको छ ।

यसैबीच कराँचीमा दुर्घटनावश गोली लागेर एक महिलाको मृत्यु भएको छ । घटना डिफेन्स फेज ६ खयाबान-ए-हलालमा भएको उल्लेख गरिएको छ । गोली लागेकी महिला सफिया साफिया रहेको बुझिएको छ ।

बलदियाको गुलसन-ए-गाजी नजिकैको बिस्मिल्लाह चोकमा गोली लागेर अर्की एक महिलाको मृत्यु भएको छ । मृतक नोरिन रहेकी छिन् । प्रहरीले यी विभिन्न घटनामा अनुसन्धान थालेको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ४ : २५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता