४ पुस २०८२, शुक्रबार | December 19, 2025

उपाध्यक्ष ब्रुक्स र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता



काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को युरोप, एशिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् । शिष्टाचार भेटघाटका क्रममा एमसिसीले मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल विकास समितिअन्तर्गत अघि बढाइरहेका परियोजना कार्यान्वयनको समग्र स्थितिबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

“यो एउटा शिष्टाचार भेटघाट हो । एमसिसीअन्तर्गतका परियोजनामा भइरहेका हालका गतिविधिबारे सामान्य कुराकानी भयो । परियोजनाका आगामी गतिविधि, मुआब्जा तथा जग्गा प्राप्ति र परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वयबारे गृहमन्त्रालयबाट हुनसक्ने सहयोगका लागि उहाँले आग्रह गर्नुभएको छ”, भेटघाटबारे जानकारी दिनुहुँदै गृहसचिव दिनेश भट्टराईले भने ।

मिलेनियम च्यालेञ्ज नेपाल अकाउन्टबाट कार्यान्वयन भइरहेका विद्युत् प्रसारणलाइन र सडक विस्तार आयोजनाको जग्गा प्राप्तिको काम अझै बाँकी छ । मुआब्जा वितरण तथा जग्गा प्राप्तिका काममा प्रमुख जिल्ला अधिकारीहरू संलग्न हुनेहुँदा गृह मन्त्रालयबाट त्यसको समन्वयका लागि ब्रुक्सले आग्रह गर्नुभएको गृहसचिव भट्टराईले बताए ।

भेटघाटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले परियोजनाको सफल कार्यान्वयन तथा समयमै सक्नेगरी काम अघि बढाउन मन्त्रालय र जिल्लाबाट आवश्यक सहयोग हुने आश्वासन दिएको उनले जानकारी दिए । मिलेनियम च्यालेञ्ज नेपाल अकाउन्ट विकास समितिमार्फत करिब तीन सय १५ किलोमिटर चार सय केभी डबल सर्किट प्रसारण लाइन र करिब तीन सय पाँच किलोमिटर रणनीतिक सडक सञ्जाल विस्तार तथा मर्मतसम्भार परियोजनामा काम भइरहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ५ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको