७ पुस २०८२, सोमबार | December 22, 2025

काठमाडौंको बाँसबारीमा नेपाल-पाकिस्तान फ्रेण्डसिप पार्क संचालनमा



काठमाडौं । काठमाडौंको बाँसबारीमा नेपाल पाकिस्तान फ्रेन्डसिप पार्क संचालनमा आएको छ ।

पाकिस्तानी दूतावासको सहयोगमा काठमाडौं महानगरपालिका वडा नं. ३ स्थित बाँसबारीमा पार्क निर्माण भएको हो । आज आयोजित एक कार्यक्रमका बीच पाकिस्तानी राजदूत अबरार एच हाश्मीले पार्क महानगरपालिकालाई हस्तान्तरण गरेका छन् । सहिद गंगालाल अस्पताल नजिकैको बाँसबारी क्लबमा सो पार्क बनाइएको हो ।

कार्यक्रममा वडा नं ३ का अध्यक्ष प्रेम थापा, काठमाडौं लायन्स क्लबका अध्यक्ष अनन्त भेटवाल, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र जिल्ला अध्यक्ष सन्तोष बुढाथोकीको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाईरु सम्बोधन गर्दै राजदूत हाश्मीले फ्रेन्डसिप पार्क दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको प्रतीकका रूपमा रहेको बताए । उनले पार्कले पाकिस्तान र नेपालका जनताबीच रहेको बलियो सम्बन्धलाई झल्काउने विश्वास व्यक्त गरे । सुन्दर पार्कको विकासमा दूतावासलाई सहयोग गर्ने अवसर प्रदान गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ३ का वडाअध्यक्ष प्रेम थापाले नेपालका जनतालाई ‘ओपन एयर जिम’ सुविधा प्रदान गरेकोमा पाकिस्तान सरकारप्रति कृतज्ञता व्यक्त गरे । उनले पार्कले दुई देशबीचको मित्रता र सहयोगको दीर्घकालीन प्रतीकका रुपमा काम गर्ने विश्वास समेत व्यक्त गरे

नेपाल–पाकिस्तान फ्रेण्डसिप पार्क पाकिस्तान र नेपालका जनताको साझा आकांक्षा र अटुट मित्रतामा रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ८ : २१ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र