४ पुस २०८२, शुक्रबार | December 19, 2025

नवनियुक्त दुई मन्त्रीको शपथ आज, ५ महिनामा पायो प्रचण्ड सरकारले पूर्णता



काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड सरकारका नवनियुक्त मन्त्रीहरुको आज पद तथा गोपनियताको सपथ हुदैँछ ।

राष्ट्रपति निवास, शितलभवनमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनियताको सपथ ग्रहण हुन लागेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महतोलाई वन तथा वातावरण मन्त्रालयको मन्त्रीमा र प्रमिला कुमारीलाई विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनीहरूको शपथ ग्रहण बिहान १० बजे शीतल निवासमा गराइने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीद्वारा गरिएको सिफारिसको आधारमा मंगलबार राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

११ औँ पटकको विस्तारसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । यो सँगै दाहाल नेतृत्वको सरकारमा २२ मन्त्री र ३ राज्यमन्त्री भएका छन् । दाहाल गत १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ७ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको