६ पुस २०८२, आइतबार | December 21, 2025

अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट युएई बाहिरियो



संयुक्त अरब इमिरेट्स (युएई) विश्वव्यापी तेल व्यापारका लागि महत्वपूर्ण रहेको तनावपूर्ण खाडी जलमार्गको सुरक्षाको जिम्मा पाएको अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट पछि हटेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)ले दुई महिनाअघि ३८ सदस्यीय संयुक्त सामुद्रिक सेनामा आफ्नो सहभागिता फिर्ता लिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“सबै साझेदारहरूसँग प्रभावकारी सुरक्षा सहयोगको हाम्रो जारी मूल्याङ्कनको परिणामस्वरूप युएईले संयुक्त समुद्री बलमा आफ्नो सहभागिता फिर्ता लिएको थियो,” युएईको राज्य सञ्चालित समाचार संस्था डब्ल्यूएएमद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

सुरुमा १२ राष्ट्रहरूबीचको साझेदारीको रूपमा स्थापना गरिएको बहराइनमा मुख्यालय रहेको सीएमएफको स्थापना सन् २००१ मा भएको थियो । यो महत्वपूर्ण तर समस्याग्रस्त खाडीको पानीमा सक्रिय छ जहाँ हालैका महिनाहरूमा ट्याङ्करहरू जफत गरिएको छ र आक्रमण गरिएको छ ।

सीएमएफका एक प्रवक्ताले युएईको सहभागिता रोकेपनि साझेदार राष्ट्रका रुपमा रहेको बताउनुभएको छ ।

“सीएमएफमा अझै पनि ३८ साझेदार राष्ट्र छन्, जसमध्ये युएई एक हो,” कमान्डर टिमोथी हकिन्सले एएफपीसँग भन्नुभयो ।

इरानले अप्रिलको अन्त्य र मे महिनाको सुरुमा एक हप्तामा दुबई र फुजैराह बन्दरगाहबीच यात्रा गरिरहेका दुई वटा ट््याङ्कर र एउटा खाली जहाज पनि रहेका थिए ।

इरानमाथि सन् २०२२ को नोभेम्बरमा इजरायलको स्वामित्वमा रहेको ट्याङ्करमा ड्रोन आक्रमण गरेको आरोप लागेको थियो ।

यसै महिनाको सुरुमा अमेरिकाले इरानको बढ्दो उत्पीडनको कारण विश्वको कम्तीमा एक तिहाइ समुद्री तेल बोक्ने खाडीमा थप बल पठाउन लागेको बताएको थियो ।

अमेरिकी नौसेनाको पाँचौं टुकडीका सहकमान्डर एडमिरल ब्राड कूपरपछि बेलायती र फ्रान्सेली नौसैनिक कमान्डरका साथ गाइडेड मिसाइल विध्वंसकमा ‘स्ट्रेट अफ होर्मुज’ हुँदै गएका थिए ।

जवाफमा इरानले छिमेकी देशसँगको सहकार्यमा खाडीको जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्न सक्षम रहेको बताएको छ ।

युएई आफ्नो समुद्रमा जहाज आवागमन नियन्त्रण र निगरानी सुनिश्चित गर्न जिम्मेवारीपूर्वक प्रतिबद्ध छ,” युएईको विज्ञप्तिमा भनिएको छ । प्रमुख तेल निर्यातकर्तामध्ये एक युएई ‘शान्तिपूर्ण वार्ता र कूटनीतिक संलग्नताको लागि प्रतिबद्ध’ रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ८ : ४१ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ