९ पुस २०८२, बुधबार | December 24, 2025

क्यानाडामा प्रकाश सपुतको सकम्बरी साँझ



काठमाडौं । गायक प्रकाश सपुतले क्यानाडामा प्रस्तुती दिने भएका छन् । आफ्नो लोकप्रिय गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारीमा रहेका गायक प्रकाशले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपुत’ मा आफ्नो प्रस्तुती दिदैछन् ।

आँगन इभेन्ट्स एण्ड झुमर इन्टरटेनमेन्ट कर्पोरेशनको आयोजनामा गायक प्रकाश पहिलो पटक क्यानाडा प्रस्तुत हुँदैछन् । ‘क्यानाडा आउँदैछु । निकै खुशी छु, यहाँ आफ्नो प्रस्तुती दिनेछु’, गायक प्रकाशले भने,‘अन्य देशमा बारम्बार प्रस्तुती दिएता पनि क्यानाडामा भने पहिलो पटक प्रस्तुत हुँदैछु ।’ उनी आफ्नो प्रस्तुतीलाई लिएर उत्साहित छन् ।

कार्यक्रममा प्रकाशसँगै स्थानीय कलाकर्मीले आफ्नो प्रस्तुती दिनेछन् । दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’ स्थापित भएका प्रकाशको प्रस्तुती हेर्न क्यानाडामा रहेका नेपाली प्रतिक्षारत रहेको आयोजक ज्ञान भण्डारीले जानकारी दिए । ‘प्रकाशजीलाई प्रत्यक्ष सुन्न र हेर्न हामी प्रतीक्षा गरिरहेका छौं । उहाँको गीतहरू नेपाल झैँ क्यानाडामा पनि लोकप्रिय छन्’, ज्ञानले भने । उनी नेपाली गतिविधीमा सक्रिय रहेर नेपाली कला र संस्कृतिलाई क्यानाडामा प्रवद्र्धन गर्न तत्पर युवा व्यावसायी हुन् ।

उनले यो कार्यक्रम गर्नुको उदेश्य ब्राम्प्टनमा रहेको पशुपतिनाथ मन्दिरलाई सघाउनु रहेको बताए । ‘हाम्रो उदेश्य नै संस्कृति र कलाको प्रवद्र्धन हो । कार्यक्रमबाट आर्जन भएको मुनाफा पशुपतिनाथ मन्दिर ब्राम्प्टनलाई हस्तान्तरण गर्ने छौ ।’ मिलक्रिक रोड, मिसीसागामा रहेको स्वागत ब्याङ्कवेट हलमा हुने कार्यक्रममा प्रवेशवापतको शुल्क क्यान्डीयन ३० (तीस) डलर राखिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ८ : ५३ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)