६ पुस २०८२, आइतबार | December 21, 2025

बाइडेनले सी चिनपिङलाई ‘तानाशाह’ भनेकोमा न्युजिल्याण्डका प्रधानमन्त्री असहमत



सिड्नी । न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले चिनियाँ राष्ट्रपति तानाशाह नभएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ नेता सी जिनपिङ तानाशाह भन्दै गरेको टिप्पणी प्रति उनले असहमति प्रकट गरेका हुन ।

‘चीनको सरकारको रूप चिनियाँ जनताको लागि कुरा हो, यो उनीहरुको खुसीका कुरा हो,’ हिपकिन्सले पत्रकारहरूसँग भने ।

चिनियाँ जनताले पनि आफनो सरकार तानाशाह हो भनेर भनिरहेका छन नि भन्ने प्रश्नको जवाफ दिदै उनले भने, ‘यदि उनीहरू आफ्नो शासन प्रणाली परिवर्तन गर्न चाहन्छन् भने त्यो उनीहरूको कुरा हो ।’

हिपकिन्सले जुन २५ देखि ३० सम्म चीनको भ्रमण गर्ने कार्यक्रम छ, जसमा न्युजिल्यान्डका केही ठूला कम्पनीहरू समावेश रहेको व्यापार प्रतिनिधिमण्डलको नेतृत्व गर्दैछ।

सो क्रममा चिनिया राष्ट्रपति सीसहित प्रधानमन्त्री ली छ्याङ र नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेट गर्नेछन्।

बाइडेनले राष्ट्रपति सी जिनपिङलाई ‘तानाशाह’ भनेर उल्लेख गरेपछि चीनले बुधबार जवाफी प्रहार गरेको छ । ‘अमेरिकी राष्ट्रपतिको भनार्इै बेतुक र उत्तेजक छ, यसले दुवै पक्षलाई द्धन्द्धमा लैजाने छ, यो डरलाग्दो पनि छ भनि प्रतिक्रिया दिईसकेको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  १० : १३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ