६ पुस २०८२, आइतबार | December 21, 2025

पुटिनकाे वाग्नर समुहलाई अफर : कि सेना भर्ती भऊ नभए घर फिर्ता जाऊँ



मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रुसको निजी सेना वाग्नरका सैनिकका बारेमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । वाग्नर सिपाहीहरूलाई प्रस्ताव राख्दै पुटिनले भने, ‘अब बाग्नरका सैनिकहरूले या त रुसी सेनामा भर्ती हुनुपर्छ वा घर फर्कनुपर्छ ।’

पुटिनले मंगलबार सुरक्षा अधिकारीहरूसँग उच्चस्तरीय बैठक पनि गरेका थिए। रुसी मिडिया आरटीका अनुसार पुटिनले वाग्नर समूहका लडाकु र कमाण्डरहरूलाई सच्चा देशभक्तको रूपमा वर्णन गरेका छन् । जसले देश र जनतालाई धोका दिन सक्दैन उनले भनेका छन् ।

पुटिनले थप भने, ‘केही मानिसहरूले सैनिकहरूलाई अँध्यारोमा राखेर आफ्नै दाजुभाइको अगाडि बन्दुक लिएर खडा गरेका थिए, जाे यस अघि काँधमा काँध मिलाएर लडेका थिए ।’

अर्कोतर्फ, वाग्नरका प्रमुख येभगेनी वी प्रिगोगिनले रुसमा सैन्य कु गर्न खोजेको आरोपको खण्डन गरेका छन् । प्रिगोगिनका अनुसार सो मार्च पास पुटिनलाई हटाउनका लागि गरिएको थिएन ।

एक सामाजिक सञ्जाल एपमा आफ्नो ११ मिनेटको अडियो विज्ञप्तिमा प्रिगोजिनले भने कि वाग्नर सेनाको उद्देश्य युक्रेनमा रूसको आक्रमणको विरोध गर्नु थियो । र, रुसी सेनाद्धारा बाग्नर समुह माथी गरिएको अन्यायविरुद्ध लड्न हामीले आन्दोलन सुरु गरेका हौँ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ७ : ३९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ