४ पुस २०८२, शुक्रबार | December 19, 2025

बच्चा लिएर पोडियममा पुगेकी महिला सांसदलाई इजरायली संसदमा भाषण गर्न रोक



ऐजेन्सी । इजरायलको संसदकी एक महिला सांसदलाई काखमा नवजात छोरी भएको कारणले भाषण दिनबाट रोकिएको छ ।

जसका कारण संसदको नियम बने पनि अहिले यो घटनाले नयाँ बहसलाई जन्म दिएको जनाइएको छ ।

घटना मंगलबारको हो र महिला सांसदको नाम शेरीन हेस्कल हो । उपसभामुख उरिएल बुसोका अनुसार संसदको मञ्चमा सांसद मात्र उभिन सक्छन्, उनीसँग अरु कोही हुनुहुँदैन । यही नियमका कारण शेरीनले संसदमा आफ्नो कुरा राख्न सकिनन् ।

शेरीन राष्ट्रिय एकता पार्टीकी सांसद हुन् । यो पार्टी प्रतिपक्षमा छ । शेरीन विधेयक ल्याउन चाहन्थे र यसका लागि पहिले नै सूचना दिइसकेकी थिइन् । मंगलबार उपसभामुख उरिएल बुसोले भाषणको लागि उनको नाम बोलाए।

जब शेरीन वक्ताको कुर्सीको दायाँपट्टि पोडियममा पुगिन्, उनको घाँटीमा कपडाको फोल्डर वा गोलाकार झुण्डिएको थियो र त्यसमा शेरीनकी छोरी थिइन्।

तर शेरीन पोडियममा पुगेपछि बुसोले उनलाई बोल्नबाट रोकिन् । महिला सांसदले यसको कारण सोध्दा उपसभामुखले भनिन्– ‘संसदको नियमाअनुसार मञ्चमा उभिने अधिकार सांसदलाई मात्र छ र तपाईसँग छोरी छिन् ।’

शेरीनले जवाफमा भनिन्, ‘मैले बच्चालाई स्ट्रलरमा बसाउन लगाएको थिएँ तर उनी निकै सानो छिन् र त्यही भएर चर्को स्वरले रुन थालिन् । त्यसैले मसँग विकल्प थिएन । त्यसैकारण उनलाई झुण्ड्याएर यहाँ ल्याइएको हो ।’

शेरीनको कुरा सुनेपछि उपसभामुखले सभामुख अमिर ओहना र संसदका कानुनी सल्लाहकारहरूसँग परामर्श गरे। त्यसपछि शेरीनले संसदको नियमसँग सम्झौता गर्न नसकिने बताइन् । सभामुख ओहनाले भने, ‘म तपाईसँग माफी चाहन्छु तर नियम सबैका लागि समान हो।’

यो देखेर शेरीन अलि रिसाएकी थिइन् । भनिन, ‘यो कसरी सम्भव छ सांसदलाई नियमको ढाकछोप गरेर विधेयक पेश गर्नबाट रोक्ने आखिर बच्चाहरु हाम्रो को एक भाग हो। त्यहाँ अनगिन्ती महिलाहरू छन्, जो आमा पनि हुन् र आफ्नो काम वा कर्तव्य पूर्ण जिम्मेवारीका साथ पूरा गर्छन्।’

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  १२ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको