४ पुस २०८२, शुक्रबार | December 19, 2025

जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु



पोखरा । कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पछाडि सवार युवक भने घाइते भएका छन् ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका २७ तालचोकका ३४ वर्षीय प्रज्वल गुरुङ रहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गुरुङको बिहीबार बिहान सवा ५ बजे मृत्यु भएको हो । घाइते भएका स्कुटरमा सवार पोखरा २७ अर्घौं अर्चलेका २७ वर्षीय विमल गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चाउथेबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ग २ च ३१७९ नम्बरको बोलेरो जिपले विपरित दिशाबाट आउँदै ग ८ प ५८३८ नम्बरको स्कुटरलाई आज बिहान साढे ४ बजे ठक्कर दिएको थियो । जिपसहित चालक वडा प्रहरी कार्यालय रामबजारले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  २ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको