७ आश्विन २०८३, बुधबार | September 23, 2026

आर्थिक वर्ष २०७९/८० भरि नै दबाबमा रह्यो अर्थतन्त्र



काठमाडौ। गत आर्थिक वर्षको सुरुवातदेखि नै दबाबमा रहेको देशको अर्थतन्त्र अर्थिक वर्षको अन्तिमतर्फ आइपुग्दा भने केही सुधारात्मक रहेको देखियो । अर्थतन्त्रका प्रमुख सूचकहरुमा मन्दी देखिएसँगै केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत केही कसिलो नीति लियो । तथापि, वर्षको सुरुवातमा उक्त नीतिले पनि काम गरेन ।

देश आर्थिक संकटतर्फ गयो भनेर धेरै टिकाटिप्पणी भए । नेपाल पनि श्रीलंका जस्तो बन्ने भयो भन्दै धेरैले आशंका गरे । यसैबीच, बैंकको ब्याजदर निकै बढ्यो । ब्याजदर बढे पनि तरलता संकुचित बनिरह्यो र व्यवसायीहरुले ऋणसमेत पाउन सकेनन् ।

आर्थिक गतिविधिमा सुस्तता आउँदा आम मानिसको क्रय शक्ति घट्दै गयो । अर्थतन्त्रमा देखिएको मन्दीले नेपाली सेयर बजारलाई पनि बेस्सरी असर गर्‍यो । आर्थिक वर्ष अर्थात २०७८/७९ को अन्तिम कारोबार दिनमा नेप्से सूचक २००१।५३ विन्दुमा बन्द भएको थियो ।

आर्थिक वर्ष २०७९/८० को अन्तिम दिनमा अर्थात असार ३१ गते आइतबारसम्म आइपुग्दा नेप्से सूचक २०९७।०९ विन्दुमा बन्द भएको छ । यस आधारमा एक वर्षमा नेप्से सूचक ४।७७ प्रतिशतले मात्र बढेको देखिन्छ । यसबीचमा नेप्से सूचक १८०६ विन्दुसम्म झरेको थियो । यद्दपि, पछिल्लो समय अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधार भएसँगै नेप्सेमा पनि केही वृद्धि भएको हो ।

यो वर्ष विगत लामो समयदेखि अल्झिएको नयाँ ब्रोकरलाई लाइसेन्स दिने प्रक्रियाले भने पूर्णता पाएको छ । केही कम्पनीहरुले नयाँ आर्थिक वर्ष नलाग्दै कारोबार सुरु गरिसकेका छन् । केहीले भने अब नयाँ आर्थिक वर्षदेखि कारोबार सुरु गर्नेछन् ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ११ : १६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई