४ पुस २०८२, शुक्रबार | December 19, 2025

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज, फैसला आउने अनुमान



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्धको नाबालिक बलात्कार मुद्दाको पेशी आजका लागि तोकिएको छ । काठमाडौँ जिल्ला अदालतमा नाबालिक बलात्कार अन्तर्गत उनीविरुद्धको विचाराधीन मुद्दाको आज पेशी तोकिएको हो । उक्त मुद्दाको अन्तिम बहस विभिन्न कारणले पटक–पटक स्थगित हुँदै आएको छ ।

सन्दीपविरुद्ध मुद्दा हालेकी गौशाला–२६ (काल्पनिक नाम)को पक्षमा वरिष्ठ अधिवक्ता सुनीता रेग्मीले बहस गर्नेछिन् । सन्दीपविरुद्धको मुद्दाको पेशी गत भदौ १० गते आइतवारका लागि तोकिएको थियो । सोही दिन अन्तिम फैसला हुने भनिएको भएपनि त्यस दिन फैसला हुन सकेन ।

त्यसपछि सन्दीप एसिया कप खेल्नका लागि पाकिस्तान उडेका थिए । पाकिस्तान र श्रीलंकामा एसिया कप खेलेर उनी बुधवार स्वदेश फर्किएका छन् ।

१७ वर्षकी एक ‘नाबालिग’ किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  १० : १९ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,