४ पुस २०८२, शुक्रबार | December 20, 2025

महेन्द्र यादवमाथिको आक्रमण र कान्ति अस्पतालमा बालिका मृत्युबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ



काठमाडौं । कांग्रेस नेता महेन्द्र यादवमाथि भएको आक्रमण र कान्ति बाल अस्पतालमा एक बालिकाको मृत्यु भएको घटनाबारे सदनलाई जानकारी गराउन सभामुख देवराज घिमिरेले सरकारलाई रूलिङ गरेका छन्।

प्रतिनिसभाको बिहीबारको बैठकमा यी दुई घटनाबारे सांसदहरुले प्रश्न उठाएपछि सभामुख घिमिरेले सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् ।

कांग्रेस नेता यादवलाई बुधबार दिउँसो भृकुटीमण्डपमा आयोजित एक साक्षातकार कार्यक्रम सकेपछि नुवाकोट घर भई बालाजु बस्ने श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

यस्तै, कान्ति बाल अस्पतालमा उपचारका लागि लगिएकी ५ वर्षीया बालिकाले समयमा उपचार नपाएर भएको मृत्युबारे पनि जानकारी गराउन सभामुखले रुलिङ गरेका हुन् । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० की ५ वर्षीया बालिका रेजिना गोपालीको समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा गत सोमबार निधन भएको थियो।

उनलाई ज्वरो आएपछि परिवारका सदस्यले उपचारका लागि कान्ति बाल अस्पताल लगेका थिए।

 

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ४ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको