१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

सैनामैना जेसीजको आयोजनामा हास्यब्यंग्य गाईजात्रा २०८० हुने



सैनामैना । सैनामैना जेसीज मुर्गिया रुपन्देहीको आयोजनामा हास्यब्यंग्य श्रृंखला गाईजात्रा २०८० हुने भएको छ ।

यही भदौ २३ गते सैनामैना २ स्थित बाबरी पार्टी प्यालेसमा हास्यब्यंग्य गाईजात्रा विशेष प्रस्तुती २०८० हुने भएको हो ।

सैनामैना जेसीज वर्ष २०२३ का प्रेसिडेन्ट जेसी यदुनन्द भण्डारीले नेपाल का ख्यातिप्राप्त हास्य कलाकार मनोज गजुरेल को साथमा अन्य हास्यव्यङ्ग्य कलाकारको प्रस्तुति रहने कार्यक्रम साँझ ४ बजे देखि सुरु हुने उक्त कार्यक्रमको ९० प्रतिशत तयारी पूरा भएको जानकारी दिए ।

भण्डारीले पेशा र ब्यवसायबाट सधै तनावमा रहने दैनिक जीवनशैलीलाई तनावबाट केही समयका लागि मुक्ती दिन र कहिलेकाँही हाँस्नुपनि स्वास्थ्यका लागि लाभदायक हुने भएकोले ख्यातिप्राप्त कलाकारसंग केही समयका लागि भएपनि सैनामैनाका स्थानीयलाई मनोरञ्जनको व्यवस्था मिलाएको बताए ।

गाईजात्रा विशेष कार्यक्रमलाई रोचक बनाउन नेपालकै प्रसिद्ध हास्यब्यंग्य कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टिका भण्डारी, सुवोध गौतम, रुबिना अधिकारी, मेक्सम गौडेल, सुन्दर खनाल, प्रभात लामा र सिता न्यौपाने आउने आयोजक सैनामैना जेसीजले जनाएको छ । गाईजात्रा हेर्न आउने दर्शकलाई १००० को टिकट शुल्क राखिएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ५ : ३१ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला