२४ माघ २०८२, शनिबार | February 7, 2026

पहिरोले सुदुरपश्चिमका तीन जिल्लामा जाने सवारी साधान अलपत्र



डडेलधुरा । सुदूरपश्चिम प्रदेशका ३ पहाडी जिल्ला जाने सडक अबरुद्ध भएको छ ।

सुदुरपश्चिम प्रदेशलाई जोड्ने मुख्य मार्ग केआइसिंह राजमार्ग फेरि अवरुद्ध भएको हो । जसअनुसार तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध हुन पुगे पछि सो सडक खण्ड हुदैँ सञचालन भईरहेको सवारी साधान आवतजावत रोकिन पुगेको छ । सो सडक खण्ड पार गरेर जाने सवारी साधान अलपत्र परेको छ ।

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका अनुसार डडेलधुराको गन्यापधुरा गाउँपालिका–२ स्थित रडुवामा पहिरो झरेका कारण राजमार्ग अवरुद्ध हुन पुगेको हो । उसका अनुसार शनिबार रातिदेखिको भारी वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ भने आइतबार बिहान पनि थप वर्षा भए पछि बन्द भएको राजमार्ग सुचारु गर्न अझै सकिएको छैन।

सो सडक खण्डमा राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रुखहरूसमेत बगाएर सडकमा ल्याएको छ । वर्षा नरोकिएको र पहिरो जाने क्रम अझै जारी रहेकाले सडक मर्मतको काम सुरुसमेत गर्न नसकिएको डडेलधुरा प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  ९ : ४७ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस