२५ माघ २०८२, आइतबार | February 8, 2026

कांग्रेसद्वारा महासमिति बैठकको तयारीका लागि विभिन्न समिति गठन



काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आसन्न महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरेको छ । कांग्रेसको आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो । कांग्रेसले आगामी मङ्सिर १३, १४ र १५ गते काठमाडौँमा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं काठमाडौँ उपत्यकाका तीनै जिल्लाका पार्टीका जिल्ला सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरूसमेत रहेका छन् ।

यस्तै कांग्रेसले महासमितिको बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा केन्द्रीय पदाधिकारीहरू, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यहरू रहेका छन् । समितिमा आवश्यकतानुसार सभापतिले थप सदस्यहरू मनोनयन गर्नसक्ने छन् ।

महासमितिको बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नेछन् भने समसामयिक राजनीतिक प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नेछन् । यसैगरी केन्द्रीय सभापतिले आवश्यकताअनुसार विभिन्न विषयमा अन्य समितिहरू गठन गर्न सक्ने बैठकको निर्णय छ ।

सभापति देउवाको अध्यक्षातामा यही असोज ४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रारम्भ भएको बैठक आज सम्पन्न भएको हो । आजको बैठकमा सभापति देउवा, उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, डा। शशांक कोइराला, अर्जुननरसिंह केसी, रमेश रिजाल, डा। नारायण खड्का, डा मीनेन्द्र रिजाल, दीपक गिरी, डा. चन्द्रकान्त भण्डारी, मिनाक्षी झा, सरिता प्रसाईं, रामहरि खतिवडा, चम्पादेवी खड्का, मञ्जुकुमारी यादव, गणेश लामा र अनिलकुमार रुङ्गटाले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : ५५ बजे

टी-२० विश्वकप : भारतले अमेरिकालाई २९ रनले हराउँदै विजयी सुरुवात

काठमाडौं । आइसीसी टी-२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ

प्राधिकरणले कर्मचारीलाई भन्यो : सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग

‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु

बैतडी । बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको

टी-२० विश्वकपमा नेपालको आज ऐतिहासिक सुरुवात, पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो भिडन्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत