४ पुस २०८२, शुक्रबार | December 20, 2025

कांग्रेसद्वारा महासमिति बैठकको तयारीका लागि विभिन्न समिति गठन



काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आसन्न महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरेको छ । कांग्रेसको आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो । कांग्रेसले आगामी मङ्सिर १३, १४ र १५ गते काठमाडौँमा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं काठमाडौँ उपत्यकाका तीनै जिल्लाका पार्टीका जिल्ला सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरूसमेत रहेका छन् ।

यस्तै कांग्रेसले महासमितिको बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा केन्द्रीय पदाधिकारीहरू, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यहरू रहेका छन् । समितिमा आवश्यकतानुसार सभापतिले थप सदस्यहरू मनोनयन गर्नसक्ने छन् ।

महासमितिको बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नेछन् भने समसामयिक राजनीतिक प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नेछन् । यसैगरी केन्द्रीय सभापतिले आवश्यकताअनुसार विभिन्न विषयमा अन्य समितिहरू गठन गर्न सक्ने बैठकको निर्णय छ ।

सभापति देउवाको अध्यक्षातामा यही असोज ४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रारम्भ भएको बैठक आज सम्पन्न भएको हो । आजको बैठकमा सभापति देउवा, उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, डा। शशांक कोइराला, अर्जुननरसिंह केसी, रमेश रिजाल, डा। नारायण खड्का, डा मीनेन्द्र रिजाल, दीपक गिरी, डा. चन्द्रकान्त भण्डारी, मिनाक्षी झा, सरिता प्रसाईं, रामहरि खतिवडा, चम्पादेवी खड्का, मञ्जुकुमारी यादव, गणेश लामा र अनिलकुमार रुङ्गटाले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको