३ पुस २०८२, बिहिबार | December 18, 2025

खस्किदै नेपाली फुटबल : प्रमुख फरवार्ड बिमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन



काठमाडौं । नेपाली राष्ट्रिय टिमका प्रमुख फरवार्ड बिमल घर्तीमगर अस्ट्रेलिया पलायन भएका छन् । देशमा ‘अवसर नपाएको’ भन्दै पछिल्लो समय एकपछि अर्को फुटबलरहरु विदेश पलायन भइरहेका छन् ।

नेपाल सुपर लिग ९एनएसल०का लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडीका रुपमा अनुबन्ध भइसकेका बिमल सम्झौता रद्ध गर्दै अस्ट्रेलिया उडेका हुन् ।

बिमल शुक्रबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईको फ्लाइटमार्फत् अस्ट्रेलिया उडेका हुन् । दुबईमा केही दिन बसेर उनी त्यहाँबाट अस्ट्रेलिया जाने बताइएको छ ।

जानुअघि उनले नेपाली राष्ट्रिय टीमका प्रशिक्षकलाई जानकारी गराएका थिए र आफूलाई राष्ट्रिय टीममा समावेश नगर्न आग्रह गरेका थिए । उनी अस्ट्रेलियामै सेटल हुने गरी गएको स्रोतले बताएको छ । नेपाली फुटबलको वातावरण सुधार भए कुनै पनि दिन आफू फर्किन तयार रहेको उनले निकटस्थसँग बताएका छन् ।

वर्षमा ४ महिना मात्र लिग हुने र ८ महिनासम्म खाली बस्नुपर्ने भएपछि नेपाली फुटबलरहरु हतोत्साही बन्दै गएका छन् । पछिल्लो समय अन्य खेलाडी पनि विदेश पलायन भइरहेका छन् । बिमलअघि अभिशेक रिजाल, दिनेश राजवंशी, सुमन अर्याल, निशान खड्का, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, दिपकसिंह ठकुरी, बिमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, रवि पासवान लगायतका खेलाडीहरु विदेश पलायन भएका थिए ।

उनको अनुपस्थितिले नेपालको टीम सेटमा ठूलै रिक्तता पैदा हुनेछ । बिमल नेपाली राष्ट्रिय टीमका प्रमुख फरवार्डका रुपमा रहेका थिए । उनी सबैभन्दा कम उमेरमा नेपालको राष्ट्रिय टीमबाट डेब्यू गर्ने खेलाडी हुन् । साथै, राष्ट्रिय टीमबाट सबैभन्दा कम उमेरमा गोल गर्ने किर्तिमान पनि उनको नाममा छ । विमलले १४ वर्षको उमेरमा डेब्यू गरेका थिए भने १५ वर्षमा पहिलो गोल गरेका थिए । राष्ट्रिय टीमबाट अहिलेसम्म उनले ९ गोल गरेका छन् ।

एन्फा एकेडेमीका उत्पादन बिमल पछिल्लो समय भने आफ्नो लय कायम गर्न संघर्षरत थिए । उनले सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्धको खेलमा डेब्यू गोल गरेका थिए ।

बिमलले नेपालसँगै भारत र माल्दिभ्सका क्लबबाट पनि खेल्दै आएका थिए ।

 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ११ : १५ बजे

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित